२८ कात्तिक, काठमाडौं । बलिउड सफल
सुन्दरी सुस्मिता सेन शुक्रबार नेपाल आएकी छन् । टाइमलेस प्यारागन ज्वेलरी
फेशन शो’मा सहभागी हुन सुस्मिता नेपाल आएकी हुन् ।
ज्वेलरी फेशन शो नोभेम्बर १४ र १५ मा काठमाण्डौको ‘याक एन्ड यती होटल’मा हुनेछ । उनी सो स्टपर रहनेछिन् ।
उनलाई भारतका चर्चित मोडलहरुले साथ दिने बताइएको छ ।
उनलाई भारतका चर्चित मोडलहरुले साथ दिने बताइएको छ ।
फेशन शोमा नेपालबाट पूर्व मिस नेपालहरु
माल्भिका सुब्बा, श्रृष्टी श्रेष्ठको साथमा मोडल आस्था पोख्रेल, अस्मि
श्रेष्ठ लगायतले र्याम्प नाप्नेछन् ।
केही दिन अघि मात्र नायिका रविना टण्डनले नेपाली गहनामा आफूलाई प्रस्तुत गरेर फर्किसकेकी छिन् ।
उसो त नायक अक्षय कुमार, आमिर खान, नायिका सन्नी लियोनी लगायतका बलिउड स्टार नेपाल आइसकेका छन् ।
wah
ReplyDelete