प्रचण्डलाई सरकारमा आउन माधव नेपालको आह्वान - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

प्रचण्डलाई सरकारमा आउन माधव नेपालको आह्वान

Share This
ध्रुव भट्टरार्इ

२८ कात्तिक, विराटनगर । नेकपा एमालेका नेता माधवकुमार नेपालले आन्दोलनको घुर्की लगाउन छाडेर सरकारमा आउन एकीकृत माओवादीलाई आग्रह गरेका छन् । उनले एमाओवादीलाई सरकारमा उचित स्थान दिइने पनि बताए ।

एमाले जिल्ला कमिटी मोरङले शुक्रबार पार्टी कार्यालय विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘सत्ता चाहिएको भए म उचित स्थानको लागि म लविङ गर्न तयार छु, उचित स्थान दिलाउन तत्पर छु ।’

केटाकेटी स्वभावको प्रचण्ड

एमाओवादी अध्यक्ष प्रचण्डलाई नेपाली राजनीतिमा सँधै घुर्की लगाउने स्वभावको केटाकेटीको संज्ञा पनि दिए । उनले व्यंग्य गर्दै भने, ‘संविधान निर्माणको गहन विषयमा पनि प्रचण्ड सँधै घुर्की लगाई रहनु हुन्छ उहालाई केटाकेटी जस्तो चकलेट दिएर फकाउनु पर्ने आवश्यक देखिन्छ ।’

मधेस आन्दोलनको विजारोपण गर्ने व्यक्ति प्रचण्ड नै भएको नेता नेपालले आरोप लगाए । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सार्वजनिक अभिव्यक्ति दिदा दीर्घकालिन असर गर्नेतर्फ ध्यान दिन प्रचण्डलाई सुझाव पनि दिए ।

प्रदेशको संख्यामा लचक हुन तयार
एमाओवादीले उठाउदै आएको जातिय संघीयताले देश विखण्डन हुने नेपालले ठोकुवा गरे । ‘एमाओवादी अध्यक्ष प्रचण्डले भने जस्तै संघियताको नाममा मुलुक टुक्राउने पक्षमा एमाले छैन,’ नेता नेपालले भने, ‘बरु एमाले प्रदेशको संख्यामा लचक हुन तयार छ ।’

उनले संविधानका विषयमा सबै दलहरुले लचक हुदै माघ ८ मै संविधान जारी गर्नुपर्नेमा जोड दिए ।

source :- Online khabar

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages