कात्तिक, जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण तालिका संशोधन गरी बाह्रविघामा सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको छ ।
अब उनीको कार्यक्रम जानकी मन्दिरमा मात्र केन्द्रित रहने मोदीको स्वागतको जिम्मा पाएका भौतिक योजनामन्त्री विमलेन्द्र निधिले जानकारी दिएका छन् ।
सार्क सम्मेलनमा सहभागी हुन मोदी मंसिर ९ गते जनकपुर हुँदै नेपाल आउने कार्यक्रम छ । निधिले शुक्रबार जनकपुरमा राजनीतिक दलसहितको सर्वपक्षीय बैठकमा मन्त्री निधि मोदीको जनकपुर भ्रमणको कार्यक्रम संशोधन भएको जानकारी दिए । उनका अनुसार बाह्रविघामा नागरिक अभिनन्दन र सम्बोधन गर्ने कार्यक्रमलाई जानकी मन्दिरमै गर्ने तय भएको छ । बाह्रविघा हेलिप्याड बनाइने भएको छ । साइकल बाड्ने कार्यक्रम पनि स्थगित गरिएको छ । ‘मन्दिरमा पूजापाठ तथा अभिनन्दनका बेला सिमित व्यक्तिलाई मात्र प्रवेश दिइनेछ’ उनले भनेका छन् । मन्त्री निधिका अनुसार जानकी मन्दिर परिसरमा हुने मोदीको नागरिक अभिनन्दन कार्यक्रमको टीभीबाट लाइभ प्रशारण गरिनेछ भने सार्वसधारणका लागि जनकपूरको विभिन्न चोकमा ठूलो स्क्रीनमा हेर्ने व्यवस्था गरिने छ । बाटो आउने अझै तय भएन मोदी सडक मार्ग वा हेलिकोप्टरबाट आउने अझै तय नभएको मन्त्री निधिले बताए । भिट्टामोड-जनकपुर सडकखण्ड कालोपत्रे गर्न सम्भव नभएको भन्दै उनले मोदी सडक मार्गबाट आउने भए सम्याउने र धुलो नउड्ने बनाउन पानी छ्याने बताए । हेलिकोप्टरबाट आउन भए त्यसका लागि सरकारले तीन बटा हेलिकोप्टर तयारी अवस्थामा राख्ने उनले बताए । मन्त्री निधिले जनकपुरको विकासका लागि मोदीले विशेष प्याकेज घोषणा गर्ने बताए । साथै जनकपुर, बारानसी र अयोध्यालाई जोड्ने सडक मार्गको प्रस्ताव गर्ने उनले बताए ।
Source:- Onlinekhabar

No comments:
Post a Comment