PK को कमाई बलिउड इतिहासमै सर्वाधिक । - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

PK को कमाई बलिउड इतिहासमै सर्वाधिक ।

Share This

आमिर खानको पछिल्लो फिल्म ‘पिके’ बलिउड इतिहासमै सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । फिल्मले प्रदर्शनको १५ दिनमा २८५.५६ करोड कमाउदै बलिउड इतिहासमै सर्वाधिक कमाउने फिल्म बनेको हो ।
यसअघि आमिरकै फिल्म ‘धुम ३’ बलिउडमै सर्वाधिक कमाउने फिल्म थिए । रिलिज देखि नै अक्रामक ब्यापार गरेको ‘पिके’ले धुम ३ को रेकर्डलाई पनि तोडेको हो । फिल्मको ओभरसिज ब्यापार पनि उच्च रहेको छ । हालसम्म फिल्मले १३०.५० करोड ओभरसीज ब्यापार गरिसकेको छ । यसरी फिल्मले ४०६.०६ करोड बिश्वव्यापी कलेक्सन गरेको छ ।
केहि विवादित र आलोचित बन्नुपरे पनि फिल्मलाई दर्शकले भने रुचाएको हो । फिल्ममा कन्टेन्ट र स्टार पावरकै कारण दर्शकमाझ हिट हुन सफल भएको बिश्लेषकहरु बताउछन । राजकुमार हिरानी निर्देशित फिल्ममा आमिरसँगै अनुष्का शर्मा, बोमन इरानी, सुशान्त सिहं राजपुत लगायतको अभिनय छ ।

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages