तीनकुनेमा ट्रकले स्कुटीलाई यसरी किच्यो - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

तीनकुनेमा ट्रकले स्कुटीलाई यसरी किच्यो

Share This
काठमाडौँ :  माइतीघर तीनकुने सडक खण्डमा सोमबार राति फेरि एउटा डरलाग्दो दुर्घटना भयो।

ना २ ख ९६८४ नम्बरको ट्रक र बा ५६ प ६८६१ नम्बरको स्कूटी दुवै कोटेश्वरतिरबाट माइतीघर जाँदै थियो। ट्रक चलाइरहेका थिए सिन्धुपाल्चोक घर भएका ३९ वर्षीय महेन्द्र पुरी। स्कूटीमा थिइन् उदयपुर त्रियुगा घर भएकी २७ वर्षकी निशा बस्नेत।

कान्तिपुरको कार्यालय नजिकैको पुलमा ट्रकको ठक्करले स्कूटी ढल्यो। ट्रकको अगाडिको पाङ्ग्राले स्कूटी किच्यो।

प्रत्यक्षदर्शीका अनुसार अगाडिको पाङ्ग्राले स्कूटी किच्दासम्म महिलालाई खासै केही भइसकेको थिएन। बटुवाहरुले रोक रोक भन्दाभन्दै र स्कूटी चालकले हेल्प हेल्प भन्दाभन्दै ट्रक अगाडि बढेपछि महिलाको शरीरको तल्लो भाग अझै किचिन पुग्यो।

तत्काल एम्बुलेन्स आइहाल्यो र हाल 
उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको छ।

ट्रक चालक प्रहरी नियन्त्रणमा छन्। ट्रक चालकले लापरवाही गरेको भन्दै आक्रोशित जनसमुदायले त्यहाँ केही बेर ढुंगामुढासमेत गरेका थिए।

आइतबार पनि यही सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो।


No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages