भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली सेनाका लागि अत्याधुनिक हेलिकोप्टर हस्तान्तरण गर्नुभएको छ । एक कार्यक्रमकाबिच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री सुशिल कोइरालालाई हेलिकोप्टर हस्तान्तरण गर्नुभयो । चालक दलका दुई जनासहित कुल १६ सिट क्षमताको उक्त हेलिकोप्टरले मुलुकका पहाडी तथा हिमाली जिल्लामा सहजै रूपमा उडान भर्न सक्छ । एक हजार ५०० किलोग्राम बराबरको तौलको सरसामान भारबहन गर्न सक्ने यो हेलिकप्टरले समुद्र सतहदेखि २२ हजार ९६० फिटसम्म उडान लिन सक्छ । यसमा चार स्ट्रेचर र दुई चिकित्साकर्मी रहन सक्ने छन् । यसले प्रतिघन्टा ३२० लि इन्धन उपभोग गर्ने यो हेलिकप्टर हिन्दूस्तान एरोनोटिकल लिबाट निर्माण भएको हो ।
भारतीय सेना र नेपाली सेनाबीच लामो समयदेखि अत्यन्तै मित्रवत् सम्बन्ध रहँदै आएको छ । नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाध्यक्षलाई एकार्का मुलुकले मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा पनि रहँदै आएको छ ।
No comments:
Post a Comment