गान्धीको नाममा बियर - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

गान्धीको नाममा बियर

Share This


नयाँ दिल्ली, पुस २१ – अमेरिकाको एक ब्रुअरी कम्पनीले महात्मा गान्धीको नाम र तस्विर प्रयोग गरेर बियर उत्पादन र बिक्री वितरण गरेपछि त्यसको व्यापक विरोध भएको छ । यस विषयलाई लिएर हैदराबादको अदालतमा मुद्दासमेत दायर भएपछि कम्पनीले माफी मागेको छ ।

कनेक्टिकटको न्यु इंग्लयाण्ड ब्रुअरी कम्पनीले माफी माग्दै आफूहरु उद्देश्य गान्धीको बेइजती गर्नुभन्दा पनि श्रद्धासुमन प्रकट गर्नु रहेको बताएको छ । कम्पनीका अनुसार गान्धी नाती र नातिनीले पनि यसमा सहमति जनाएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीले गान्धी–बोट नाम दिएर बियर उत्पादन तथा विक्री वितरण गर्दै आइरहेको थियो ।

राष्ट्रपिताको नाम र तस्विर मदिरामा प्रयोग गर्नु उनको अवहेलना हो भएको भन्दै एक अधिवक्ताले ‘कारवाही’ को मागसहित अदालतमा मुद्दा दर्ता गरेका छन् ।

यता, कम्पनीका प्रमुख म्याट वेस्टफिल्डले भारतीय जनताको भावनामा ठेस पुगेकोमा माफी मागेका छन् । ‘हामी गान्धीको धेरै सम्मान गर्छौं । वहाँको श्रद्धासुमन अर्पण गर्न हामीले वहाँको नाममा वियर उत्पादन गर्ने सोचेका हौं । यदी यसले कसैको भावनामा ठेस पुर्याएको छ भने हामी माफी माग्दछौं,’ वेस्टफिल्डले भने ।
- See more at: http://www.ratopati.com/2015/01/05/196169.html#sthash.aK2J39RU.dpuf

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages