वैज्ञानिक भन्छन्ः क्यान्सर हुनुमा भाग्यको हात - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

वैज्ञानिक भन्छन्ः क्यान्सर हुनुमा भाग्यको हात

Share This
 दुई तिहाई क्यान्सरमा भाग्यको खेल रहेको दावी 


२१ पुस, काठमाण्डौ । रोग लागेपछि दैव वा भाग्यलाई दोष दिने चलन अझै छ अशिक्षित समाजमा । रोगका लागि भाग्यलाई दोष दिने कुरालाई फगत अन्धविश्वास मानेको छ आधुनिक चिकित्सा विज्ञानले ।

तर, पछिल्लो अनुसन्धानले भने अन्धविश्वास मानिएको सोही कुरालाई सत्य सावित गरिदिएको छ । अमेरिकी वैज्ञानिकहरुले क्यान्सर रोगको मुख्य कारक मानिसको भाग्य रहेको ठहर गरेपछि यसले तरंग पैदा गरिदिएको छ ।

अमेरिकी वैज्ञानिकहरुले अनुसन्धानले के देखाएको छ भने अधिकांस क्यान्सर धुम्रपान जस्तो हानिकारक चिजले होइन खराब भाग्यका कारण हुन्छ ।
साइन्स जर्नल छापिएको शोधअनुसार मानिसमा हुने दुइ तिहाइ क्यान्सर जिवनशैली तथा वंशका कारण नभई संयोगवस हुन्छ ।

शोधमा वैज्ञानिकहरुले कुनै तन्तु अन्य दोश्रो तन्तुको तुलनामा किन करोडौँ गुणा बढि संवेदनशील हुन्छ भन्ने कुराको कारण खोतल्ने प्रयास गरेका छन् ।

जोन हप्किन्स युनिभर्सिटी स्कुल अफ मेडिसिन तथा ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुका अनुसार स्टेम कोशिकाहरु लगातार विभाजन हुँदा शरीरका पूराना तथा मृत कोशिकाहरु नयाँ कोशिकामा परिणत हुन्छन् । हरेक कोष विभाजनमा हानिकारक उत्परिवर्तनको जोखिम हुन्छ । यहीँ खतराले स्टेम सेल्सलाई क्यान्सरको नजिक पुर्‍याउँछ ।

शोधकर्ताहरुले एक तुलनात्मक अध्ययन गर्दै स्टेम कोषहरु कसरी ३१ प्रकारका तन्तुमा विभाजित हुन्छन् र ती तन्तुबाट कसरी क्यान्सर पैदा हुन्छ भन्ने कुरा पत्ता लगाउने कोसिस गरेका छन् ।


शोधकर्ताहरुका अनुसार स्टेम सेल्स विभाजित हुँदा अर्थात् उत्परिवर्तनले प्रभावित हुँदा दुई तिहाइ भन्दा बढि क्यान्सर पैदा हुने गर्छ । यो एउटा खराब संयोग हो । यस्तो खराब संयोग अर्थात् दुर्भाग्यवश हुने क्यान्सरहरुमा मस्तिष्क क्यान्सर, सानो आन्द्राको क्यान्सर तथा प्यांक्रियाजको क्यान्सर लगायत छन् ।

शोधकर्ता मध्येका एक प्राध्यापक क्रिस्टियन टोमासेट्टीका अनुसार यस्तो संयोगवस पैदा हुने क्यान्सरको रोकथाम तथा वचावटको कुनै उपाय छैन । किनकी यी जुनसुकै बेला आफै पैदा हुन्छन् ।

मानिसलाई लाग्ने क्यान्सर मध्ये दुई तिहाइ क्यान्सर यस्तै संयोगवस तथा एक्कासी हुने र बाँकी एक तिहाइ क्यान्सरमात्र खराब जिवनशैली, वंशाणुगत कारणले हुने वैज्ञानिकहरुको भनाइ छ । खराब जीवनशैलीले हुने क्यान्सरमध्ये मुख्य क्यान्सर फोक्सोको क्यान्सर हो, जुन धूमपानको कारण बढि हुन्छ ।-बीबीसी

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages