अब राहदानी, लाइसेन्स, बिजुलीको बील तिर्ने कार्यालय १२ घण्टा खुल्ने - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

अब राहदानी, लाइसेन्स, बिजुलीको बील तिर्ने कार्यालय १२ घण्टा खुल्ने

Share This
काठमाडौँ : नेपाल सरकारले प्रत्यक्ष रुपमा जनतालाई सेवा प्रवाह गर्ने कार्यालयहरुबाट सेवा प्रदान गरिने समयावधि बढाउने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने राहदानी, मालपोत, भूमिसुधार, नापी, कम्पनी रजिष्ट्रार, यातायात व्यवस्था विभाग, वैदेशिक रोजगार, श्रम, विद्युत् तथा खानेपानीसहितका कार्यालयको समयावधि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। 

मन्त्रीपरिषदले यी कार्यालयबाट बिहान ६ देखि बेलुका ६ बजेसम्म सेवा प्रदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।

सेवा समयावधि बढाउन सम्बन्धित मन्त्रालयले मङ्सिर मसान्तसम्ममा सार्वजनिक सूचना जारी गर्ने र त्यससम्बन्धी गृहकार्य पूरा भएपछि सेवा आरम्भ हुने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले बताए।

बैठकले राष्ट्रिय गानका रचयिता व्याकुल माइलालाई आजिवन मासिक २५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

 त्यस्तै सरकारले न्याय सेवाका तीनजना अधिकृतलाई विशिष्ट श्रेणीमा बढुवा गरी पदस्थापना गर्ने निर्णयसमेत गरेको छ। यसरी बढुवा हुनेहरुमा रञ्जनकृष्ण अर्याल, राजेन्द्र सुवेदी र बद्रीप्रसाद गौतम छन्।

सरकारले दाइजोको नाममा जिउँदै जलाइएका रिहाना रोश धपाली र चन्द्राचन्दन सलवानीलाई राहतस्वरुप एक/एक लाख रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ।

Source : Pahilopost

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages