फुटवल ।अन्तराष्ट्रिय मैत्रिपुर्ण फुटवलमा बिश्वबिजेता जर्मनी, ब्राजिल, इटाली, फ्रान्सले जीत हात पार्दा अर्जेन्टिना पोर्चुगलसंग पराजित भएको छ ।
मंगलबार राति भएको खेलमा बिश्वबिजेता जर्मनीले स्पेनलाई एक शून्य गोलले पराजित ग¥यो । दुवै बिश्वबिजेताबीचको खेल प्रतिस्पर्धात्मक देखिएपनि खेलको अन्त्यतिर जर्मनीले गोल गर्न सफल भयो । खेलको ८९ औं मिनेटमा टोनी क्रुजले गोल गर्दै जर्मनीलाई उत्कृष्ट लयमा कायमै राख्न सफल भए ।
मंगलबार भएको अर्को खेलमा दक्षिण अमेरिकी महारथी अर्जेन्टिना पोर्चुगलसंग एक शून्य गोलले निराश बन्यो । लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोका टोलीबीच प्रतिस्पर्धात्मक खेलमा खेलको अन्त्यतिर प्राप्त अवसरलाई सदुपयोग गर्दै पोर्चुगलले खेल आफ्नो पक्षमा पा¥यो । पोर्चुगलका लागि गेरेइरोले ९१ अँैं मिनेटमा गोल गरेका थिए । यसअघि क्रिष्टियानो रोनाल्डो र लियोनल मेसी पहिलो हाफमै सब्सिच्युड गरिएका थिए ।
अर्को खेलमा ब्राजिलले अष्ट्रियालाई दुई एक गोलले पराजित गर्न सफल भयो । प्रतिस्पर्धात्मक खेलमा ब्राजिलका लागि डेभिड लुईजले ६४ अँैं मिनेटमा र ८३ औं मिनेटमा रोबर्टौ फेर्मिनोले गोल गरे भने अष्ट्रियाका लागि ड्रागोभिकले पेनाल्टीमा एक गोल फर्काएका थिए ।
अर्को खेलमा इटालीले अल्बानियालाई एक शून्य गोलले हरायो । खेलको अन्त्यतिर इटालीका लागि ओकाकाले गोल गर्दै खेल इटालीको पक्षमा पारेका थिए ।
त्यस्तै अर्को खेलमा उरुग्वेले चिलीलाई दुई एक गोलले पराजित गर्न सफल भयो । उरुग्वेका लागि डिएगो ओर्लानले पहिलो हाफको अन्त्यमा र राफायल गोन्जालेसले ८० औं मिनेमा गोल गरे । चिलीका लागि एलेक्सिस सान्चेसले एक गोल गरेका थिए ।
Source : News24
No comments:
Post a Comment