स्वदेशी बुट र सुट प्रदर्शनी पुस दोस्रो साता - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

स्वदेशी बुट र सुट प्रदर्शनी पुस दोस्रो साता

Share This


नेपाली जुत्ता चप्पल तथा वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रर्दशनी पुस ९ गतेदेखि १५ गतेसम्म आयोजना हुने भएको छ । छाला जुत्ता तथा वस्तु उत्पादक संघको आयोजनामा राजधानीको भृकुटीमण्डपमा प्रर्दशनी हुन लागेको हो । अघिल्ला वर्षहरुमा राष्ट्रिय सभागृहमा प्रर्दशनी आयोजना हुँदै आएको थियो । यस वर्ष छाला जुत्ता उत्पादक संघले नेपाल कपडा तथा सिलाई व्यवसायी संघसँग सहकार्य गरेर प्रर्दशनी आयोजना गर्न लागेको जनाएको छ । स्वदेशी बुट र स्वदेशी सुटको एउटै छानामुनी प्रदर्शन तथा बिक्रीमा राखिने हुँदा उपभोक्ताको आकर्षण थप बढ्ने आयोजकले विश्वास लिएको छ । प्रदर्शनीमा सहभागी हुन इच्छुक कम्पनीहरुका लागी स्टल बुकिङ खुल्ला गरेको आयोजकले जानकारी दिएको छ ।

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages