पेट्रोलियमको भाउ फेरि घट्यो - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

पेट्रोलियमको भाउ फेरि घट्यो

Share This
काठमाडौं– नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ। पेट्रोलको भाउ लिटरमा दुई रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेलको दुई रुपैयाँ घटाउने निर्णय गरेको छ। अब उपभोक्ताले पेट्रोलको लागि एक सय २५ रुपैयाँ ५० पैसा र मट्टितेल तथा डिजेल का लागि ९९.५० पैसा तिर्नुपर्ने छ। अहिले पेट्रोलको एक सय २८ रुपैयाँ तथा डिजेल र मट्टितेलको एक सय एक रुपैयाँ ५० पैसा मूल्य छ।

अघिल्लोपटक निगमले पेट्रोलको भाउ दुई रुपैयाँ ४७ पैसा तथा डिजेल र मट्टितेलको एक रुपैयाँ ६७ पैसाले घटाएको प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नोभेम्बर १६ मै नयाँ मूल्य पठाए पनि निगमले आठ दिन ढिला गरी नयाँ मूल्य तोकेको हो।

आइओसीबाट प्राप्त मूल्यअनुसार नै घटाएको उनले बताए। आयल निगमले स्वचालित मूल्य प्रणालीबाट मूल्य निर्धारण गर्न सुरु गरेस"गै अन्तर्राष्ट्रिय बजारमा हुने घटबढ अनुसार नै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटबढ हुन थालेको छ।

Source: Nagarik News

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages