नेपाल हङकङसँग २ विकेटले पराजित - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

नेपाल हङकङसँग २ विकेटले पराजित

Share This
काठमाडौं- ट्वान्टी–२० अन्तर्राष्ट्रियमा क्रिकेटमा हङकङद्वारा नेपाल २ विकेटले पराजित भएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७२ रनमात्र जोड्यो। जवाफी ब्याटिङमा हङकङले १ बल बाँकी हुँदा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो। आठौं स्थानमा आएका सोमपाल कामीले सानदार ४० रन बनाएपछि नेपालले ७३ रनको लक्ष्य प्रस्तुत गर्न सकेको हो। श्रीलंकाको राजधानी कोलम्बोमास्थित पि सारा ओभल मैदानमा निर्धारित २० ओभर खेल्दै नेपाल अलआउट भएको हो। १२ ओभरमा २५ रन बनाउँदा ८ विकेट गुमाइसकेको अवस्थामा क्रिजमा आएका सोमपालले २ छक्का र ६ छक्का प्रहार गरेका थिए। सोमपाल बाहेक नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।  १२ ओभरसम्मको खेल हेर्दा नेपाललाई ट्वान्टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा कम स्कोरमा अलआउट हुने खतरा थियो। यसै वर्ष बंगलादेशमा भएको विश्व ट्वान्टी–२० मा श्रीलंकाले बंगलादेशलाई ३९ रनमा अलआउट गर्नु ट्वान्टी-२० अन्तर्राष्ट्रियको यसअघिको सबैभन्दा न्युन स्कोर थियो।  १४औं ओभरमा नेपाली खेलाडीबाट पहिलो चौका प्रहार गरेका सोमपालले ३१ बल खेली ६ चौका र २ छक्का प्रहार गरे। उनले शक्ति गौचनसँग नवौं विकेटमा ४३ रन जोडेर नेपालको लज्जास्पद इनिङ्सलाई जोगाए। शक्ति ५ रनमा अविजित रहे। अन्तिम बलमा अमृत भट्टराइ २ रनमा रनआउट भए।   यसअघि कप्तान पारस खड्का पहिलो बलमै आउट भएको नेपाली इनिङ्समा उपकप्तान ज्ञानेन्द्र मल्ल र नरेश बुढाएरले ५, ५ रन जोडेका थिए। सुवास खकुरेल र सागर पुन २–२ रनमा आउट भए। राजेश पुलामी १, विनोद भण्डारी ३ रनमै आउट भएपछि सोमपाल चम्केका थिए।  नेपालले प्रस्तुत गरेको कमजोर लक्ष्य पुरा गर्नसमेत हङकङलाई हम्मेहम्मे पर्‍यो। हङकङका लागि अइजाज खान र अनास खान बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अं‌क जोड्न सकेनन्।


 - See more at: http://www.nagariknews.com/sports/cricket/story/28292.html#sthash.x887vSaX.dpuf

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages