१८ नोभेम्बर’मा विवाह गर्नेवाला थिए सलमान । - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

१८ नोभेम्बर’मा विवाह गर्नेवाला थिए सलमान ।

Share This



१८ नोभेम्बर अर्थात मंगलबार बलिउड स्टार सलमान खानको बहिनी अर्पिताको विवाह हुदैछ । विवाहको रौनकले पुरै बलिउड तताइरहेको यो बेलामा एक गोप्य तथ्य सार्वजनिक भएको छ । बताइएअनुसार स्वयम सलमान खान पनि यहि मितिमा नै विवाह गर्न चाहन्थे ।
तर उनले करिब १५ बर्षअघि अर्थात सन १९९९को १८ नोभेम्बरमा विवाहको योजना बनाएका थिए । उनले विवाहको लागी केहि तयारी पनि गरिसकेका थिए । तर कारणवश उक्त समयमा बिवाह हुन सकेन ।
रोचक कुरा के छ भने निर्देशक साजिद नाडियालावाला पनि सोहि मितिमा विवाह गर्ने योजनामा थिए । साजिदले भने- ‘२० सालदेखि हामी साथी हौ । सन १९९९ मा हामी एकै दिन बिहे गर्ने तयारीमा थियौ, तर त्यस साल विहे हुन सकेन, पछि मैले २००४ मा विवाह गरे त्यही १८ नोभेम्बर कै दिन ।’
यता सलमानको भने विवाह गर्ने सपना अधुरै रह्यो । स्मरण रहोस सलमानको पिता सलिम र सलमा को विवाह पनि नोभेम्बर १८ कै दिन भएको थियो । यस बर्षको १८ नोभेम्बर सलिम र सलमाले एनिभर्सरी मनाउदैछन भने अर्पिताको विवाह हुदैछ । तसर्थ खान परिवारमा यो दिन डबल सेलेब्रेसन हुनेछ ।

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages