कर्मचारीले शनिबार उपत्यका सफा गर्ने, नआए कारबाही - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

कर्मचारीले शनिबार उपत्यका सफा गर्ने, नआए कारबाही

Share This


काठमाडौंसरकारले कर्मचारीको अनिवार्य उपस्थितिमा मंसिर गते शनिबार काठमाडौं ललितपुरमा विशेष सरसफाइ गर्ने भएको छ। सोमबार मुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले सरोकारवालालाई सफाइ गर्न निर्देशन दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको बैठकमा १८ औं सार्क शिखर सम्मेलनको अन्तिम तयारी विषयमा 'सरसफाइमा नागरिक अभियान' अन्तर्गत कर्मचारी, स्थानिय टोलसुधार समिति, क्लब, क्याम्पसका विद्यार्थी लगायतको सहभागिता योजना सफल बनाउन लागिएको कार्यालयका सचिव शान्ताराज सुवेदीले जानकारी दिए उनका अनुसार कर्मचारीको अनिवार्य उपस्थितिका लागि कर्मचारीको स्थलगत हाजिरी गर्ने तयारी भइरहेको

बिहान साढे सातदेखि साढे नौ बजेसम्म कर्मचारी तथा अन्य सहभागीले आफ्नो टोल छरछिमेकमा काजग, फोहोरमैला, झाडी लगायत सफाइ गर्ने योजना सरकारको निजामती, स्थानीय निकाय, सार्वजनिक संस्थान लगायतका कर्मचारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी सामुदायिक प्रहरी सफाइ योजनामा आए÷नआएको तिनै निकायबाट निरीक्षणको जिम्मा लगाइएको सुवेदीले बताए

'
कर्मचारीलाई बाध्यात्मिक उपस्थिति गराउने योजना अनुरुप यस्तो योजना ल्याएका हौं,' उनले भने, 'नआउनेलाई सम्बन्धित मन्त्रालयका सचिवले आचरण पालना नगरेको भन्दै कारबाही गर्न सक्नेछन् ' काठमाडौं महानगरपालिकका ३५ ललितपुर उपमहानगरपालिकाका २२ वटा वडामा वडास्तरीय समिति गठन गरेर नगर सुन्दर बनाउने योजना सरोकारवालाको महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठका अनुसार वडाका प्रत्येक घरबाट ÷ जना, वडा नागरिक मञ्चबाट, स्थानीय संघसंस्था परिचालन गर्न मुख्य सचिवले दुवै सहरलाई निर्देशन दिएका छन्

'
वर्षको दुईतीन पटक सहरमा बृहत जनसहभागितामा सफाइ गर्ने योजनाअन्तर्गत यो कार्यान्वयन गर्न लागेका हौं,' श्रेष्ठले भने, 'जेठ २१ गते नेवार समुदायको सिथी नःख चाडमा सहरमा बृहत सफाइ गरेका थियौं यो पटक सार्कको उपलक्ष्यमा बृहत सफाइ गर्नेछौं ' कर्मचारी आआफ्नो वडामा आए÷नआएको अनुगमन गर्न स्थानीय निकाय सामान्य प्रशासन मन्त्रालयले जनशक्ति खटाउने योजना तयार रहेको बैठकमा उपस्थित उनले नागरिकलाई बताए

महानगरपालिका वातावरण महाशाखा प्रमुख हरि कुँवरका अनुसार प्रत्येक वडाका १० देखि १५ स्थानमा सफाइ गर्ने योजना महानगरपालिकाले प्रत्येक वडामा एकएक वडा अधिकृत खटाउने तयारी गरेको मुख्यरुपमा काजग, प्लास्टिकका झोला झाडी सफाइ गरिने योजना मुख्यसचिव पौड्यालले सार्क सम्मेलनलाई भव्यरुपमा सम्पन्न गराउन सबै निकायले समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिएका थिए सहभागी हुने अति विशिष्ट पाहुनाको सवारी व्यवस्थापनका लागि वैकल्पिक मार्ग पहिचान गर्न पनि निर्देशन उनले दिएको कार्यालयका सचिव सुवेदीले जानकारी दिए

बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसंख्या, विज्ञान तथा प्रविधि, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय सचिवहरु उपस्थित थिए सम्मेलन मंसिर १० ११ गते काठमाडौंमा हुन लागेको

Source : Nagarik News 

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages