काठमाडौँ : चेल्सीका फरवार्ड डिडियर ड्रोग्बा र
बार्सिलोनाका सुपरस्टार लायोनेल मेसी। धेरै पटक फुटबल मैदानमा यिनीहरुको
प्रतिस्पर्धा भइसक्यो। मैदानबाहिर नि ?
एक पटक ड्रोग्बालाई पहिलो हुने रहर जाग्यो। विश्वका विभिन्न देशका विभिन्न परिकार खान हिँडे उनी।
सबैभन्दा पहिले पुगे नेपाल। एउटा रेस्टुरेन्टमा पसे। पलेँटी कसेर बसे। नमस्त गरे। ल्याइयो रसिलो मोमो।
यसो भित्तामा हेर्छन् त अर्जेन्टिनी खेलाडी मेसीसित हात मिलाएको फोटो पो झुन्डिएको। अर्थात् उनीभन्दा पहिले नै मेसी यता आइसकेका !
हुन पनि नेपालमा मेसी साह्रै लोकप्रिय छन्। गएको विश्वकपमा कप जित्न नसके पनि अर्जेन्टिनाका यी खेलाडीका प्रशंसक नेपालमा निकै थिए।
मेसी र नेपालको यो सम्बन्धलाई जोड्ने काम भने टर्किस एयरलाइन्सको एउटा नयाँ
विज्ञापनले गरेको हो। यो रमाइलो विज्ञापनमा नेपालबाहेक जापान र साइबेरिया
पनि देखाइएको छ। सबै ठाउँमा मेसीको अटोग्राफसहितको फोटो देखेपछि ड्रोग्बा
चित खान्छन्।
अन्त्यमा विमानभित्रको परिकारमा रमाउँछन्। तर त्यही विमानको बाहिरपट्टी मेस्सीकै फोटो हुन्छ।
Post Top Ad
Responsive Ads Here
नेपाली मोमोको स्वाद चाख्न ड्रोग्बाभन्दा मेसी अगाडि
Share This
Subscribe to:
Post Comments (Atom)
';
(function() {
var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true;
dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js';
(document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq);
})();
Post Bottom Ad
Responsive Ads Here
No comments:
Post a Comment