​कपिल शर्मासँग मिलेर तक्मे बूढाले हँसाउने - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

​कपिल शर्मासँग मिलेर तक्मे बूढाले हँसाउने

Share This

 

काठमाडौँ : भारतको चर्चित हास्य कार्यक्रम कमेडी नाइट्स विथ कपिलका सञ्चालक कपिल शर्मासँग मिलेर तक्मे बूढा (विल्सन विक्रम राई) र जितु नेपालले नेपाली दर्शकलाई एउटै मञ्चबाट हँसाउने भएका छन्।

एनसेलको आयोजनामा मंसिर २७ गते हुन लागेको पर्पल फेस्टले दुई देशका टेलिभिजन हास्य कलाकारलाई एउटै मञ्च जुराइदिएको हो।

कार्यक्रममा भारतीय गायक सोनु निगम, नेपाली गायक सुगम पोखरेल, यमबुद्ध लगायतको सहभागिता हुने आयोजकले जनाएको छ।
कार्यक्रममा प्रवेश गर्न एनसेलले आफ्ना ग्राहकलाई उपलब्ध गराउने टिकट लिनुपर्नेछ।

कात्तिक ३० गतेदेखि मंसिर २६ गतेसम्म एक जिबी वा त्योभन्दा बढी डाटा एक्टिभेट गर्ने एनसेलका ग्राहकहरुले काठमाडौँ उपत्यका र बनेपाको एनसेल सेन्टरबाट टिकट पाउने आयोजकले जनाएको छ।

Source : Pahilo Post

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages