‘आफू बसेको जग्गाको ७० प्रतिशत राजस्व
तिर्ने भनेको किन्ने हो । आफ्नै जग्गा किन्ने ?’ शनिबार धनगढीमा आयोजित २२
दलको सभामा प्रचण्डले भने-‘अघिल्लो सरकारले दिएको सुकुम्वासी परिचयपत्र
खारेज गरेर सुकुम्वासीलाई फेरि लाइनमा बस्नुपर्ने बाध्यता गरिएको छ ।
सुकुम्बासी सँग ७० प्रतिशत राजस्व लिनु भनेको जग्गा किन्नु भनेको हो ।’
कैलाली आएपछि आफूले सुकुम्बासीको यस्तो समस्या थाहा पाएको बताउँदै प्रचण्डले यसबारे सदनमा उठाउने मञ्चबाटै घोषणा गरे ।
एमाले नेतृत्वमा रहेको भूमिसुधार
मन्त्रालयले देशैभरिका सुकुम्वासीलाई धमाधम फारम भराइरहेको छ । आफू बसेको
जग्गाको धनीपूर्जा लिन ७० प्रतिशत राजस्व तिर्नुपर्ने प्रावधान सरकारले
अगाडि सारेको छ । प्रचण्डले सरकारको यही निर्णयको विरोध गर्दै
सुकुम्वासीलाई आफ्नै जग्गा किन्न लगाउनु न्यायसंगत नभएको बताएका हुन् ।
‘मिलिजुली बसौं, लुटेर खाऔं’
एमाओवादी अध्यक्ष प्रचण्डले सुकुम्वासीको भोट आफूतिर तान्न कांग्रेस र एमालेमा मारामार परिरहेको बताए ।
‘देशैभरि सुकुम्बासी समस्या गम्भीर बनेको छ
। सुकुम्बासीको भोट बैंक आफ्नोमा पार्न कांग्रेस र एमालेको फाइट पर्यो ।
सरकारै छाड्नेसम्मको झगडा पर्यो ।’ प्रचण्डले सभामा भने-‘पछि अध्यक्ष
एउटाले उपाध्यक्ष अर्कोले बनाउने सहमति गरे । कांग्रेस-एमाले मिलिजुली
बसौं, बाँडीचँडी लुटेर खाऔं ।’
झगडा नगर्न आग्रह
प्रचण्डले सेती महाकालीका जनतालाई आपसमा
झगडा नगर्न आग्रह गरेका छन् । सेताी महाकालीमा अखण्ड सुदुर पश्चिम कि
बेग्लै थरुहट प्रदेश भन्ने विवादतर्फ संकेत गर्दै प्रचण्डले यहाँका जनतालाई
मिल्न आग्रह गरेका हुन् ।
‘यो घरको समस्या हो, त्यसैले यसको
शान्तिपूर्ण समाधान खोज्नुपर्छ, प्रचण्डले भने- ‘आपसमा मिलेर गणतन्त्र
संस्थागत गरौं, अनि प्रदेशहरुको सीमांकन मिलाउँला ।’
No comments:
Post a Comment