१० लाखले गरे पशुपतिनाथ दर्शन - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

१० लाखले गरे पशुपतिनाथ दर्शन

Share This
xpashupatinath-temple.jpg.pagespeed.ic.8lYtwwwc50
काठमाडौं – महाशिवरात्रीका अवसरमा सोमबार पशुपतिनाथ मन्दिरमा १० लाख भक्तजनले दर्शन र पूजाआराधना गरेका छन् । गत वर्ष यस दिन पाँच लाख भक्तजनले दर्शन गरेका थिए । पशुपति क्षेत्र विकास कोषले यसपटक मन्दिरका चारै ढोकाबाट प्रवेश गरी सोही ढोकाबाट बाहिरिने व्यवस्था गरेको थियो ।

पशुपतिनाथ मन्दिरमा व्यवस्थापन महाशाखाका प्रमुख भोलाप्रसाद सिटौलाले २८ वर्षदेखि गरिएको प्रयास यसवर्ष पूरा भएको बताए । उनले महाशिवरात्रिका लागि सोमबार चारै ढोकाबाट बाहिरिने व्यवस्थासहित १० लाख भक्तजनलाई पूजाअराधना गर्ने व्यवस्था मिलाएको जानकारी दिए । उनका अनुसार यस वर्ष चारै दिशामा जुत्ताचप्पल राख्ने व्यवस्था गरिएको थियो, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
source - Setopati

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages