जर्मन सरकारबाट नेपाली सम्मानित - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

जर्मन सरकारबाट नेपाली सम्मानित

Share This
Paribesh-Pradhan-Awardजर्मनी । जर्मन सरकारले प्रदान गर्ने ‘ग्रीन ट्यालेन्ट २०१४’ बाट परिवेश प्रधान पुरस्कृत भएका छन् ।
जर्मन सरकारले युवा वैज्ञानिक खोजका लागि सन् २००९ देखि प्रत्येक वर्ष यो अवार्ड प्रदान गर्दै अएको छ । हिमाली क्षेत्रमा गरेको वैज्ञानिक अनुसन्धानका लागि प्रधानलाई सो सम्मान प्रदान गरिएको हो ।
हिमाली क्षेत्रका वैज्ञानिक अनुसन्धान गर्दा प्रधानसँग रहेको विषेश व्यवहारिक ज्ञानको प्रयोग गरेकामा सो अवार्ड प्रदान गरिएको हो। यो पुरस्कारबाट विश्वका २५ युवा वैज्ञानिक पुरस्कृत भएका छन्।
बर्लिनमा आयोजित कार्यक्रममा जर्मनी सरकारका शिक्षा तथा अनुसन्धान मन्त्री जोहान्ना वान्काले हिमाली क्षेत्रमा गरेको वैज्ञानिक अनुसन्धानका लागि प्रधानलाई सम्मान गरेकी थिइन् ।
कार्यक्रममा वान्काले ग्रीन ट्यालेन्ट कार्यक्रममा भविष्यमा विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगका लागि महत्वपूर्ण हुने बताइन्।
प्रधानको अनुसन्धान जलवायु परिवर्तनको कारण हिउ तथा हिमनदी पग्लिन, त्यसको कारण हिमाली क्षेत्रमा पानीको स्तर र उपलब्धता साथसाथै प्राकृतिक विपत्ति र जोखिमको मुल्याकंनको विषयमा केन्द्रीत रहेको थियो।
एक दसकअघि इन्जिनियरिङको अध्ययन पुरा गरेपछि प्रधानले एकीकृत हिमाली विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड) र राष्ट्र संघीय वातावरण कार्यक्रम (युनेप)को एशिया प्रशान्त क्षेत्रीय स्रोत केन्द्रमा काम गरेको थिए।
एक वर्षअघि प्रधानले जुरिच विश्वविद्यालयमा फिजिकल जिओग्राफी विषयमा पोस्ट ग्य्राजुएट अध्ययन शुरु गरेका छन्। सन् २०१० ग्रिन ट्यालेन्टका प्रतिस्पर्धामा एक सयभन्दा बढी देशबाट ८ सयबाट आवेदन परेका थिए।

source:- Online khabar

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages