 |
| प्रतियोगिताको लागि ताप्लेजु्रको सुकेटारमा पत्रकार सम्मेलन गर्दै आयोजक । तस्बिर सौजन्यः आयोजक |
काठमाडौ, कार्तिक ३० - ताप्लेजुङमा आगामी मंसिर २४ गतेदेखि तीनदिने पूर्वाञ्चलस्तरीय बृहत पाथिभरा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सहर केन्द्रित कार्यक्रमलाई पर सारेर हालसम्मकै सर्वाधिक रासीको भलिबल प्रतियोगिता हुने भएको हो । ताप्लेजुङमा जन्मेर काठमाडौंमा रही विभिन्न क्षेत्रमा काम गर्दै आएका ईश्वरी पौडेल, बलबहादुर तामाङ र रमेश बरालको मूख्य प्रायोजन तथा जिल्ला भलिबल संघको आयोजनामा कार्यक्रम उक्त प्रतियोगिता हुने भएको छ । हाङ्देवा गाविसमा हुने पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले २ लाख ५१ हजार १ सय १ रुपैयाँ पाउने छन् । दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५१ हजार १ सय १ र १ लाख १ हजार १ सय १ रुपैयाँ पाउने छन् । प्रतियोगिता ४ दिनसम्म सञ्चालन हुनेछ । प्रसिद्ध तीर्थस्थल पाथिभराको प्रचार–प्रसार, पर्यटकीय विकास र खेलाडीको हौसला बृद्धिका लागि प्रतियोगिता गर्न लागिएको आयोजक समितिका काठमाडौं सचिव प्रेम गुरागाईंले जनाएका छन् । एसियाकै ठूलो पहिरोको रुपमा चिनिने तोप्लेजुङको हाङदेवा गाविसको जनता माविमा प्रतियोगिता हुनेछ ।
Source : ekantipur
No comments:
Post a Comment