काठमाडौं,कात्तिक २९ – प्रधानमन्त्रीसहित सरकारका २४ मन्त्री र उनीहरुको सचिवालयका कर्मचारीको तलब,भत्तालगायतको सुविधामा मासिक करिब ५६ लाख रुपैयाँ खर्च हुने गरेको छ । प्रधानमन्त्रीबाहेक २३ मन्त्रीले सबै सुविधा प्रयोग गर्दै आएका छन् । प्रधानमन्त्रीसहित २४ जना मन्त्रीको स्वकीय सचिवालयमा हाल एक सय ८१ जना पदाधिकारी तथा कर्मचारी कार्यरत छन् । प्रधानमन्त्री र मन्त्रीसहित ती कर्मचारीको तलब ,भत्तालगायतका सुविधामा मासिक ५६ लाख पाँच हजार चार सय रुपैयाँ खर्च हुने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्री सुशील कोइरालाले स्वकीय सचिवालयमा सल्लाहकार,सहयोगीसहित ४५ जना कर्मचारी भर्ना गर्न पाउँछन् । तर उनले २० जना मात्रै कर्मचारी राखेका छन् । दुई उपप्रधानमन्त्रीले आठ–आठ जना कर्मचारी राखेका छन् भने २१ मन्त्रीले स्वकीय सचिवालयमा सात–सातजना कर्मचारी भर्ना गरेका छन् ।तत्कालीन मन्त्रिपरिषद्ले २९ भदौ २०६८ मा प्रधानमन्त्री,उपप्रधानमन्त्री र मन्त्रीहरुको स्वकीय सचिवालयमा राख्ने कर्मचारी दरबन्दी कायम गरेको थियो ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
source :- rato pati
No comments:
Post a Comment