नेपालले पछार्यो हङकङलाई, शक्तीले देखाए आफ्नो शक्ती - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

नेपालले पछार्यो हङकङलाई, शक्तीले देखाए आफ्नो शक्ती

Share This
मेरो क्रिकेट/चैत  ३। नेपालले सर्बोत्तम नतिजाका साथ विश्वकप यात्राको सुरुवात गरेको छ । ट्वान्टी २० विश्वकप क्रिकेट प्रतियोगितमा आफ्नो पहिलो खेलमा हङकङलाई ८० रनले पराजित गर्दै नेपालले दरीलो सुरुवात गरेको हो । बंगलादेशको एक शहर चित्तागोंग मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ५० रनको लक्ष्य पच्छ्याए पछ्याउने क्रममा हङकङ ६९ रनमै समेटियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेल्दै १ सय ४९ रन बनाएको थियो । नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक४८ रन बनाए। यस्तै कप्तान पारस खड्काले ४१, सुवास खकुरेलले २२, शरद भेषावकरले १४ तथा सागर पुनले १३ रन बनाए। नेपालका विनोद भण्डारी १ रनमा आउट भए भने नशेस बुढाऐर र शक्ति गौचनले खाता खोल्न नै सकेनन्। उता बलिङतर्फ हङकङका हसिम अमजादले तीन तथा नदिम अहमदले दुई र नजिव अमरले एक विकेट लिए । कप्तान पारसले पहिलो बलमै हङकङका ओपनर इरफान अहमदलाई आउट गरेपछि दोस्रो विकेटको लागि पनि नेपालले धेरै कुर्नु परेन । दोस्रो ओभर जारी छदा सोमपाल कामीले अर्को विकेट लिए । उनले जेजे अट्रिकन्सनलाई ६ रनमा समेटेका थिए । तेस्रो विकेटको लागि भने नेपालले सातौ ओभरसम्म कुर्नुपर्यो । १८ रनमा छदा शक्ति गौचनको बलमा जितेन्द्र मुखियाले वाकस वर्कतलाई क्याच गरे । ११ औं ओभरमा बसन्त रेग्मीले च्यापम्यानलाई बोल्ड गरे । त्यो बेलासम्म हङकङसँग ५८ रन थियो । लगत्तै निजाकट खान शून्य रनमै बसन्तको बलिङको शिकार बने । उनी पनि बोल्ड भएका थिए । २० रन बनाएका बार्बर हायत १२ औं ओभरको पहिलो बलमा शक्तिको बलमा बोल्ड भए । शक्तिले लगत्तै अइजाज खानलाई शून्य रनमा बोल्ड गरे । तनवीर अफजललाई पनि बसन्त रेग्मीले शून्य रनमै क्याच आउट गराए । १४ औ ओभरमा सोमपाल कामीले नजिब अमरलाई आउट गरे । १७ औं ओभरको अन्तिम बलमा जितेन्द्रले नदिम अहमदलाई बोल्ड गरेका थिए । शक्तिसहित बसन्त रेग्मीले पनि तीक विकेट लिए । चार ओभर बलिङ गरेका उनले १४ रन मात्रै खर्चिएका थिए । सोमपाल कामीको खातामा २ विकेट रह्यो भने पारस र जितेन्द्रले एक एक विकेट लिए ।  नेपालले पर्सी मंगलबार समूह चरणको दोस्रो खेल आयोजक बंगलादेश विरुद्ध खेल्नेछ । 

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages