ओलीले बृद्दाभत्ता खारेज गर्छुभनेपछी देउबाले भने उपचारको १७ करोड पनि फिर्ता गर्नुहोस … - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

ओलीले बृद्दाभत्ता खारेज गर्छुभनेपछी देउबाले भने उपचारको १७ करोड पनि फिर्ता गर्नुहोस …

Share This

काठमाडौँ । नेकपा एमालेले सरकारका पछिल्ला कामकारबाहीप्रति आपत्ति जनाउँदै अस्वीकार गर्ने भएको छ ।

बिहीबार एमाले मुख्यालमा पत्रकार सम्मेलन गर्दै कामचलाउ भैसकेको शेरबहादुर देउवा नेतृत्वको सरकारले राज्यशक्ति, राज्यका श्रोत साधनको व्यापक दुरुपयोग गरेको भन्दै सरकारका कामकारवाही प्रति कडा आपत्ति जनाएको हो ।

उसले सरकारले धमाधम गरेका नियुक्ति, सरुवा बढुवा र निर्णयहरु अनुचित भन्दै राज्कोषको दुरुपयोगमा मात्रै सरकारको ध्यान गएकोे बताएको हो । एमालेले संविधान, कानुन र संघीयताको मर्मविपरित गरेका कामलाई अव बन्ने सरकारले पुनर्विचार गर्ने समेत प्रष्ट पारेको छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष केपी ओलीले देउवा सरकारले संविधानको गलत व्याख्या गरेर, जालझेल गर्दै तथा अनुपयुक्त सेटिङ र गलत मनसायबाट अलोकतान्त्रिक मनसायबाट सरकारमा बसिरहेको बताए ।

‘जालझेल, षड्यन्त्र र तिक्डम गर्न, आर्थिक संकटमा देशलाई फसाउने, सञ्चित रकम सक्न सरकार लागेको छ, सरकारले यतिबेला बजेट पेश गरेको हो वा नीति तथा कार्यक्रम पेश गरेको ? के प्रयोजनले सरकारलाई बृद्धभत्ताको उमेर घटाउनु पर्यो ?,’ ओलीको प्रश्न थियो । देउवा सरकारको ६५ बर्षकालाई बृद्ध भत्ता दिने निर्णय अलोकतान्त्रिक भन्दै उनले देशलाई आर्थिक संकटमा फसाउँने षड्यन्त्र भएको बताए ।

एमालेको निर्णय सुनेपछी प्रधानमन्त्री शेरबहादुर देउबाले झोक्किदै भने एमालेले त्यस्तो भन्ने हो भने केपिओलीको उपचारमा खर्च भएको राज्यको १७ करोडभन्दा बढी रकम राज्यलाई फिर्ता गरोस्

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages