तीन नम्बर प्रदेशकोे राजधानी कमल थापाको गृहजिल्ला मकवानपुरमा! - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

तीन नम्बर प्रदेशकोे राजधानी कमल थापाको गृहजिल्ला मकवानपुरमा!

Share This

सरकारले सातै प्रदेशका प्रमुखको नियुक्तिको सिफारिस गर्दै प्रदेशको अस्थायी राजधानी तोकेको छ।

बुधबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ को प्रदेश प्रमुखमा गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँबर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोेहनराज मल्लको नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्ति गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा एमाले र माओवादीले सहमति नदिएपछि मधेस केन्द्रीत संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालसँग सहमति गरेर सरकारले प्रदेश प्रमुखको नियुक्ति गरेको हो।



यी मध्ये सुब्बा त्रिभुव विश्वविद्यालयमा प्राध्यापन पेशमा क्रियाशिल रहेका छन् भने कोइराला समाजसेवामा क्रियाशिल छन्।

कांग्रेसको कोटामा परेका यी दुई बाहेक कुँबर पूर्वमहान्यायधीवक्ता हुन भने, खनाल र मल्ल राजनीतिक पृष्ठभूमिबाट आएका हुन्। कायस्थ फोरम र झा राजपाकोे सिफारिसमा परेका हुन्।

संविधानको धारा १६३ बमोजिम सरकारको प्रतिनिधिका रुपमा प्रदेश प्रमुख नियुक्तिको सिफारिस मन्त्रिपरिषदले गरेपछि उनीहरुलाई राष्ट्रपतिले नियुक्त गरी पद तथा गोपनियताको सपथ दिलाउनु पर्छ।

त्यसैगरी सरकारले संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेशसभाले प्रदेशको राजधानी नतोकेसम्म उपधारा ३ बमोजिम प्रदेशको कार्यसंचालनका लागि अस्थायी स्थान तोक्ने तयारी भइरहेकोे छ।

बुधबार बिहान बसेको बैठकमा सरकारकै मन्त्रीहरुबीच विवाद भएपछि अपरान्ह ३ बजेका लागि मन्त्रिपरिषदको बैठक सरेको थियो।

स्रोतका अनुसार, प्रधानमन्त्रीले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को मकवानपुरकाे हेटाैंडा, ४ कोे पोेखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी मुकाम तोक्ने प्रस्ताव मन्त्रिपरिषद बैठकले पारित गरेको हो।

 

source: himaldainik

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages