कुर्सि भाच्ने सभासद को को हुन् त ?? हेर्नुहोस - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

कुर्सि भाच्ने सभासद को को हुन् त ?? हेर्नुहोस

Share This
काठमाडौ–मंगलबार बिहान संविधान सभा बैठक एकाएक रण मैदानमा परिणत भयो। प्रक्रियाबाट संविधान निर्माण अघि बढाउने चरण सुरु गरेपछि एमाओवादी नेतृत्वको मोर्चा आक्रमण र तोडफोडमा उत्रियो। संविधान सभाका कुर्सी भाँचिए, माइक फुटाइए। राजनीतिक लज्जाको यो विषयमा को को संलग्न छन्? टिम नागरिकन्युजले तोडफोडमा संलग्न सभासद पहिचानगर्ने प्रयास गरेको छ।
बिएस्सी ड्रपआउट उमेशकुमार यादव

मंगलबार बिहान संविधान सभामा कुर्सी तोडफोड गर्ने एकजना मुख्य सभासद हुन्- उमेशकुमार यादव। एओवादीबाट गत संविधानसभामा सप्तरी क्षेत्र नम्बर तीनबाट प्रत्यक्ष निर्वाचित यादव ५५ सालदेखि तत्कालीन नेकपा माओवादीले संचालन गरेको जनयुद्धमा सहभागी भएका थिए।

yadev

यादव २०४८ सालमा पाटन संयुक्त क्याम्पसमा विएस्सी भर्ना भएका थिए। तर उनले पढाइ पूरा नगरी कलेज छोडे। मंगलबार बिहान संविधानसभा भवन नयाँ बानेश्वरमा तोडफोड गर्ने काममा उनको सबैभन्दा उग्ररुप देखियो। उनी भन्छन्, 'मैले मर्यादाभित्रै रहेर बिरोध गरेको हूँ।' उनले कुर्सी फुटाउने व्यवहार आक्रोशित अवस्थाको प्रतिक्रिया भएको नागरिकन्युजलाई बताए।

धाँधलीको आरोप लागेका शिवकुमार मण्डल

एमाओवादी सभासद शिवकुमार मण्डल संविधान सभामा जबर्जस्ती बल प्रयोग गर्नेमध्ये अर्का नेता हुन्। उनी गत संविधान सभा निर्वाचनमा सबैभन्दा कम मत अन्तरले मोरङ ४ बाट विजयी भएका थिए। नेपाली कांग्रेसका गयाराम मण्डललाई ८ मतले हराएका उनीविरुद्ध धाँधली गरेको भन्दै कांग्रेसका उम्मेदवारले मुद्दा दायर गरेका थिए।


mandal

mandal1

मोरङको गोविन्दपुरका हुनेखाने परिवारका मण्डल एमालेको राजनीति गदैगर्दा माओवादीमा प्रवेश गरेका हुन्। उनी एमाले मोरङ जिल्ला सदस्य समेत थिए। एमाले परित्याग गरेर माओवादीको जनयुद्धमा होमिएका थिए मण्डल ०५७ सालमा माओवादीको मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सदस्य समेत भएका थिए। मण्डल जनयुद्धपछि माओवादीको मोरङ जिल्ला इन्चार्ज र पार्टीको केन्द्रीय सदस्य भए।

मण्डल पहिलो संविधानसभा–१ मा मोरङको निर्वाचन क्षेत्र नम्बर ४ बाटै मधेसी जनअधिकार फोरमका उम्मेदवारसित पराजित भएका थिए। उप–निर्वाचनमा मोरङको क्षेत्र नम्बर–५ बाट निर्वाचन लड्दा मधेसी जनअधिकार फोरमका जयराम यादवसित तीन हजार बढी मतले पराजित भएका थिए।

लडाकू अमनलाल मोदी

एमाओवादीका तर्फबाट गत संविधानसभा निर्वाचनमा मोरङबाट समानुपातिक सभासद चयन भएका हुन्।
modi

माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)बाट राजनीति थालेका मोदी लडाकु स्वभावका छन्। मोरङ डंग्राहाका बासिन्दा सभासद मोदी अनेरास्ववियु(क्रान्तिकारी)का मोरङ अध्यक्ष हुँदै पार्टीको जिल्ला सदस्य समेत भए। भूमिगतकालमा मोरङबाटै पक्राउ परेको मोदी ०६०–०६२ सालसम्म जेल जीवन बिताएका थिए। माओवादीको थारु मुक्ति मोर्चा लगायत पार्टीको थुप्रै जिम्मेवारी पाएका सभासद मोदी दोस्रो संविधानसभा निर्वाचनमा माओवादी पार्टीको मोरङ जिल्ला चुनाव परिचालन समितिका संयोजक थिए ।

सैन्य कमान्डर दलजीत वि के श्रीपाली

एमाओवादीका समानुपातिकतर्फका सभासद श्रीपाली रुकुमका हुन। माओवादी जनयुद्धको सुरुवातदेखि नै उनी भूमिगत भएका थिए।

shirpali1

shirpali

shirpali2

भूमिगत भएपछि सुरुमा राजनीतिक फाँटमा काम गरेका श्रीपाली त्यसपछि सैन्य फाँटमा काम गरे। माओवादी सेनाको डिभिजन सहायक कमाण्डर समेत भएका श्रीपाली पीएलए स्पोटर्स क्लबका अध्यक्ष समेत थिए। उनी जनयुद्ध ताका कुसल सैन्य कमाण्डर मानिन्थे।

डिग्री पढेका डिलबहादुर नेपाली

२२ वर्षसम्म एमालेको राजनीति गरेका नेपाली संविधानसभाको निर्वाचन अगाडि गठन भएको संघीय समाजवादी पार्टीमा सहभागी भएका थिए । संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सभासद भएका नेपालीले ०५५ सालमा भूगोल विषयमा स्नातकोत्तर गरेका छन्।
nepali
सामान्य अवस्थामा संविधानसभा बैठक संचालन भएको भए कुर्सी फुटाउने काम गलत हुने तर्क राख्ने उनी अस्वभाविक ढंगले संविधानसभा संचालन हुने भएपछि आफूहरुले सो काम गर्नुपरेको बताए । ‘जनताका प्रतिनिधिले गलत काम नरोके कसले रोक्छ,’ उनले भने,‘जुन ढंगले प्रक्रियालाई अगाडि बढाउने कोसिस भयो त्यसलाई रोक्न हामीले गरेका काम सही छ ।’

 

पुरुष मयार्दापालकलाई लात्ती हान्ने चौधरी

थरुहट तराई पार्टीकातर्फबाट समानुपातिक सभाद बनेकी चौधरी पार्टीको वरिष्ठ उपाध्यक्षसमेत हुन्। व्यवस्थापिका संसद अन्तर्गतको विधायन समितिका सभापति रहेकी चौधरी सो पार्टीको महिला विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छन्।


ganga

कैलाली घर भएकी चौधरी नेपाली कांग्रेसबाट राजनीतिमा आएकी हुन्। विद्यार्थी जीवनमा उनले नेपाली कांग्रेसमा सक्रिय कार्यकर्ताको भूमिका निर्वाह गरेकी थिइन्। विद्यार्थी जीवनमा राजनीतिसँगै उनले पत्रकारितासमेत गर्दै आएकी थिइन्। उनले नेपाल वन टेलिभिजनमा रिपोटिर्ङका साथै थारु भाषाको कार्यक्रमसमेत सञ्चालन गर्थिन्।

मानविकीमा प्रमाणपत्र तह उत्तीर्ण गरेकी उनले मंगलबार बिहान पुरुष मर्यादापालकलाई लात्ती प्रहार गरिन्।
काठमाडौंबाट मदन चौधरी र बिराटनगरबाट अजित तिवारीको सहयोगमा
source : Nagarik News

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages