दिउसै रक्सी धोकेर संविधानसभामामा आतंक मच्च्याउने महिला सभासद - Hamro eSansar

Post Top Ad

Responsive Ads Here

दिउसै रक्सी धोकेर संविधानसभामामा आतंक मच्च्याउने महिला सभासद

Share This
काठमाडौ, एक जना महिला सभासदले दिउँसै मदिरा सेवन गरेर बबाल मच्चाउन थालेपछि संविधानसभा सचिवालयका कर्मचारीहरूका साथै मर्यादापालकहरु नै हैरान भएका छन् ।

साँझु साप्ताहिकमा प्रकाशित एक खबर अनुसार हरेक दिन मदिरा सेवन गरेर संविधानसभा बैठक र संसद सचिवालयमा जाने गरेकी ती सभासदलाई देख्नासाथ सचिवालयका कर्मचारी र मर्यादापालक सकेसम्म तर्किन खोज्छन् । ती सभासद हुन नेपाली कांग्रेसका कोटाबाट मन्त्री परिषदबाट मनोनित गीता वाग्ले ।
समाचार अनुसार गत साता संविधानसभा बैठक चलिरहेका बेला सभामुख सुभाष नेम्वाङको कार्यकक्ष बाहिर मदिरामा लठ्ठ भएकी ती सभासदले कर्मचारी र मर्यादापालकलाई मनपरी गाली गर्दै दुब्र्यवहार गरेपछि कोलाहल मच्चियो । कफी चाहियो भन्दै सभामुखको कार्यकक्ष बाहिर पुगेकी सभासद वाग्लेलाई एकछिन पख्नुस् भन्दा हात उज्याउँदै दुब्र्यवहार गरेकी थिइन् । त्यसको पर्सिपल्ट पुनः रक्सिले मातेर हल्लिदै पुगेकी सभासद वाग्ले मर्यादापालकतिर फर्केर गाली गरिरहेकी थिइन् ।
यहाँ पत्रकारहरु सभामुख नेम्वाङलाई भेट्न प्रतिक्षालयमा कुरिरहेका बेला यो घटना भएको थियो । त्यो दृष्यले कांग्रेस सभासद्हरुसमेत लज्जित भएका थिए । पूर्णबहादुर खड्का, रामहरी खतिवडा, लगायतका कांग्रेस सभादसहरु उनको त्यो हर्कत नदेखे झैं गरी भित्र पसेको कुरा समाचारमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();

Post Bottom Ad

Responsive Ads Here

Pages